relans
ni new 83
nib 2082 5

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार

काठमाडाैँ – बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याइने भएकाे छ । बंगलादेशसँग पैँचो मल नपाएपछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निणर्य गरेको हो ।

बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

यसअघि सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने जनाएको थियो । ‘जुन कम्पनीबाट जुन मल ल्याउने हो, त्यही नै फिर्ता गर्नुपर्छ भन्ने बंगलादेशको सर्तका कारण पैंचो ल्याउन सकिएन,’ उनले भने, ‘अब सस्तो हुने गरी दरभाउमा कुराकानी गरेर सार्वजनिक खरिद ऐनका प्रक्रिया पूरा गर्दै जीटुजीबाट मल ल्याउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।’

मल मुख्यतः टेन्डर प्रक्रियाबाट खरिद हुन्छ । यसो गर्दा ६ महिनाभन्दा बढी लाग्छ । छिटो आयात गर्न जीटुजीमार्फत कतिपय खरिद हुने गरेका छन् । तर जीटुजीको खरिद प्रक्रिया नेपालमा विवादरहित हुने गरेको छैन । मन्त्री भुसालले मल खरिदमा विवादमा पर्न नदिने बताए ।

फाइल तस्बिर

Categorized in राजनीति
ppp 2