STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार

लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ । अझै १४ हजार १९१ डेङ्गुका विरामीले बङ्गलादेशका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६३६ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको बताइएको छ । अद्यापि डेङ्गुका विरामीको सङ्ख्या क्रमश घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ । विगत २४ घण्टामा राजधानी ढाकामा १४३ सहित देशभर ४६१ जनाले डेङ्गुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशमा गत बर्ष १० हजार १४८ जनामा डेङ्गुको सङ्क्रमण भएको र २६ जनाको मृत्यु भएको थियो । गत बर्षको तुलनामा यसबर्षको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढेको देखिन्छ ।
Categorized in अन्तर्राष्ट्रिय