STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बजेट नछुट्याएको भन्दै चलचित्रसंग सम्बन्धित आठवटा संस्थाले पोखे आक्रोश

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २१, आइतबार

नेपाली फिल्मसम्बद्ध आठ वटा संघसंस्थाले राष्ट्रिय चलचित्र उद्योगलाई तत्काल बजेट विनियोजन नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले जेठ १५ गते  ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यप्रति उनीहरुले कडा आपत्ति जनाएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले राष्ट्रिय चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अहिलेको अवस्थामा धरासायी हुने गरी बजेटमा उपेक्षा गर्नु सरकार उद्योगप्रति उत्तरदायी र जिम्मेवार नरहेको देखिएको टिप्पणी गरेका छन् । फिल्मको प्रवद्र्धन र श्रमजीवी चलचित्रकर्मीलाई रोजगारीको प्रत्याभूति हुने वर्तमान समयमा सरकार पन्छिन चाहेको समेत उनीहरुको गुनासो छ । 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार, नृत्य संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले संयुक्त विज्ञप्ति जारी  गर्दै चलचित्र उद्योगलाई बजेट छुट्याउन माग गरेका छन् ।

Categorized in सिनेमा