STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बढैयातालमा वनबाटिका निर्माण हुने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

बर्दियाको बढैयातालमा वनवाटिका निर्माण हुने भएको छ । 
बढैयाताल गाउँपालिकाअन्तर्गत मानझुन्डी सामुदायिक वनको गुलरिया–नेपालगञ्ज हुलाकी सडकको दक्षिणतर्फ रहेका सो तालमा वनबाटिका निर्माण हुने भएको हो ।  
शहरी वन तथा नगर वन उद्यान कार्यक्रमअन्र्तगत डिभिजन वन कार्यालय बर्दियाको रु १०  लाख, बढैयाताल गाउपालिकाको रु छ लाख र मानझुन्डी सामुदायिक उपभोक्ता समूहको जनसहभागिताबापत रु एक लाख ४० हजार गरी कूल रु १६ लाख ४० हजारको लागतमा सो वनबाटिका पार्क निर्माण हुने भएको हो । 
वनबाटिका निर्माणका लागि बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, मानझुन्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावल र डिभिजन वन कार्यालय गुलरियाका डिभिजन वन अधिकृत हरिप्रताप श्रेष्ठबीच त्रिपक्षीय सम्झौता भएको छ । 
बाटिका निर्माणको काम २०७६  असार १५  सम्म सम्पन्न गर्ने सहमति भएको बताइएको छ  । करीब १० हेक्टर क्षेत्रफलमा निर्माण हुने वनबाटिकामा बाल उद्यान, फलफूलको बगैँचा र पिकनिकस्थलजस्ता संरचना बनाइने मानझुन्डी सामुदायिक वनका कार्यालय प्रमुख पदमबहादुर बुढामगरले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय