STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बबिताको मर्मश्पर्शी म्यूजिक भिडियो ‘राजै’मा सागर लम्साल

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन १०, बुधबार

गायक प्रमोद खरेलको नयाँ गीत " कस्तो थिएँ कस्तो भएँ ” गीतको अडियो आउँदा नै भाइरल बनिसकेको थियो भने  यो गीतको म्युजिक भिडियो लोकप्रियता को शिखर चढ्न सफल भएको थियो भने उनै  म्युजिक भिडियोका निर्देशक बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन् ।

प्रेमील जोडी बीचको विछोडको कथालाई भिडियोमा देखाइएको छ । भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरिया, राजकुमार शाह, आर्यन पुडासैनी, दिपेश श्रेष्ठ आदिको अभिनय रहेको छ भने  सम्पादन कल्पेश बिश्वक्रर्मा र छायांकन उत्सव दाहालले गरेका छन् ।

Categorized in साहित्य-कला