STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलात्कारको आरोपमा सशस्त्रका एसएसपी पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार

पोखरा : सशस्त्र प्रहरीका एसएसपी बलात्कारको आरोपमा बुधबार पक्राउ परेका छन् । सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ। पोखराको लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ । एकजना महिलाले दिएको मौखिक उजुरीको आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास हमालले जानकारी दिए । 
Categorized in अपराध-दुर्घटना