STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलात्कार आरोपमा एक पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् । आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिनुभयो । बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका आधारमा बजगाईंलाई पक्रिएको प्रनाउ गिरीले बताउनुभयो । उहाँका अनुसार आज म्याद थप गरी बजगाईंलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ । मुलुकी संहितामा आरोपितलाई जबर्जस्तीकरणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाए हुने प्रावधान छ ।
Categorized in अपराध-दुर्घटना