STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलात्कार घटनामा सन्दीपकाे फैसला विवादमा

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १७, बुधबार

काठमाडौं - बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति मात्रै नदिई बलात्कार आरोपमाथि नै प्रश्न उब्जाउने गरि गरेको फैसला विवादित बन्न पुगेको छ ।

किशोरीको यौनाङ्गमा विर्य नदेखिएको, रुममेटसँगको सम्वादमा खुशी छु भन्दै म्यासेज गरेको र उनको उमेरमाथि प्रश्नसहितका कारण देखाउदै विदेश यात्रा अनुमति दिएपछि सर्वोच्चको फैसलामाथि टिप्पणी शुरु भएको हो ।

बलात्कार आरोपमा गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दर्ता भएपछि क्रिकेट खेल्न नेपालको प्रतिनिधित्व गर्दै केन्या पुगेका तत्कालीन कप्तान सन्दीप लामिछाने विदेशमा नै लुकेर बसे । उनी लुकेर बसेपछि प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी ग-यो ।

अमेरिका पुगेका उनी त्यहिको प्रहरीबाट समातिने डरपछि जसोतसो नेपाल आउन तयार भए । प्रहरीबाट भाग्ने कोसिस गरेका उनी नेपाल आएपछि प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गर्‌यो ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार आरोप पुष्टी नहुने कारण नभएको भन्दै थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भए ।

जेल चलान भएपछि उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेपछि उनी २० लाख धरौटीमा कडा सर्त पालना गर्ने गरि रिहा भए ।

धरौटीमा रिहा भएका उनलाई नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीमा समावेश गर्दै राष्ट्रको प्रतिनिधित्व गरायो ।

त्यसपछि भएको खेलमा नेपालले जीत निकालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाउदै सम्मान खाए सन्दीपले ।

प्रधानमन्त्रीबाट सम्मान लिएका सन्दीपलाई सर्वोच्चले अन्ततः विदेश जान अनुमति दिने फैसला सुनायो ।

सन्दीपमाथिको मुद्दामा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले दिएको फैसलाले यतिबेला चासो र ध्यान खिचेको छ ।

यसअघि बलात्कार मुद्दामा अत्यन्तै संवेदनशील भएर फैसला गरेकी न्यायाधीश मल्ल यसपटक किन आफैले गरेका फैसला र प्रतिपादित नजिरविरुद्ध फैसला गर्ने बाटोमा गइन ? सरोकारवालाहरुले यसबारे प्रश्न गर्न थालेका छन् ।

यसअघि दुई बलात्कारका मुद्दामा मल्लले बलात्कारमा पीडितको यौनीलाई लिङ्गले छोएको हो वा होइन वा शरीरको अन्य अङ्गले छोयो भन्ने कुरा गौण हुने भन्दै फैसला गरेकी थिइन् ।

अर्को फैसलामा उनले बलात्कारले व्यक्तिको शरीर आत्मसम्मानमाथि आघात पु¥याउने भन्दै यसलाई रेप ट्रमा सिन्ड्रोमको अवस्था भएको उनको फैसलामा उल्लेख छ । तर, यीनै मल्लको इजलासबाट आएको यो फैसलाले भने धेरैलाई झस्काएको छ ।

बलात्कार जस्तो जघन्य प्रकृतिको घटनामा अदालतले सहजै धरौटीमा रिहा भएका अभियुक्तलाई विदेश यात्रामा अनुमति दिनु र राष्ट्रिय अन्तराष्ट्रिय ख्यातिको नाममा कच्चापना देखाउनुले न्यायप्रति आम सर्वसाधारणको धारणा नै फेरिन सक्नेतर्फ विषय मोडिन पुगेको छ ।

सन्दीपले बलात्कार गरेको अस्विकार गरेपनि होटलमा सँगै बसेको, नगरकोट घुम्न गएको लगायतका विषय प्रष्ट स्विकार गरेका छन् ।

प्राप्त सिसिटीभी फुटेजमा समेत उनीहरु हिडडुल गरेको देखिएपनि यौनाङ्गमा विर्य नदेखिएको भन्दै अदालतले उल्लेख गरेको प्रमाण नै कमजोर देखिन्छ । बलात्कार भएको भनिएको दुई सातापछि भएको स्वास्थ्य परिक्षणमा कसरी हुनसक्छ विर्य ? रुममेटको बयानलाई आधार मान्ने आधार पनि उस्तै फितलो छ ।

अदालतले लिएका यस्ता फिलता प्रमाणले विवाद सिर्जना भएपनि सन्दीपको भूमिकामाथि अदालतले भने प्रश्न उठाउने प्रयास नै गरेको देखिन्न । राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्ने व्यक्ति नै क्लोज क्याम्प छाडेर किशोरी घुमाउन जान्छ भने त्यो भन्दा ठूलो खेल अपराध के हुन सक्छ ? खेलाडीलाई अनुशासनको कडी लाग्नु पर्छ पर्दैन ?

त्यो पनि कप्तान जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका खेलाडी नै आचारसंहिताविपरित अनुमति नै नलिई हिडडुल गर्नु कत्तिको जायज विषय हो ? यी र यस्ता विषयमाथि ध्यान नै नदिई पीडित भनिएकी युवतीलाई थप पीडा दिने गरि राष्ट्रले नै अभियुक्तलाई प्रोत्साहन गर्नुले राष्ट्रको गरिमा मात्रै गुम्दैन, यसले समस्या समेत पैदा गर्न सक्छ ।

पछिल्लो समय स्कटल्याण्डका खेलाडीले सन्दीपसँग हात नै नमिलाएपछि उनीहरुले पहिले नै क्यानलाई हिंसाविरुद्ध रहेको जानकारी गराएको सन्देश दिएको बताएपछि क्यानको भूमिकामाथि नै प्रश्न उठिरहेको छ ।

यसले नेपालको खेल जगतलाई विश्व समुदायलाई कसरी हेर्नछ ? यस तर्फपनि संवेदनशिल हुनु जरुरी देखिन्छ ।

Categorized in राष्ट्रिय