STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाघले घेरिएका गोठालाको सकुशल उद्धार

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १६, शनिबार

नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । निकुञ्जका हात्ती प्रयोग गरी गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया युवतीलाई सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।

बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेका हुन् । नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए ।  गाभर क्षेत्रका स्थानीयमा बाघको त्रास झनै बढेको छ ।

Categorized in राष्ट्रिय