STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाबुराम भट्टराईले मागे संसदबाटै प्रधानमन्त्रीको राजीनामा

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । यसैगरी, भट्टराईले कोरोना भाइरस कोभिड १९ संक्रमणमा सरकारले लकडाउनबाहेक अन्य कुनै उपलब्धिमूलक कार्य गर्न नसकेको आरोप पनि लगाएका छन् ।
Categorized in राजनीति