STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बार परिसरमा रोपियो रुद्राक्षको बिरुवा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपिएको छ । वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानून विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरुपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन्। 
 
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले सर्वोच्च अदालत र बार एशोसिएशन वरिपरि बिरुवा रोप्नुभएको हो । बारका अध्यक्ष श्रेष्ठले शहरी वातावरण मानिसका लागि उपयुक्त नभएको हुँदा उपयुक्त वातावरणको सिर्जना सबैले मिलेर गर्नुपर्ने धारणा राख्नुभयो । 
सर्वोच्च अदालत बारका अध्यक्ष अधिकारीले बार परिसरमा खैनी, चुरोट र सुर्तीजन्य पद्धार्थको प्रयोगमा निषेध लगाउनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष कटवालले आफ्नो र आफ्नो सन्ततिका लागि वातावरण जोगाउनुपर्ने र हरियाली राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले वातावरण संरक्षण गर्न प्रतीकका रुपमा कार्यक्रममा उपस्थित सबैलाई कागतीको बिरुवा प्रदान गर्नुभएको थियो ।   
Categorized in राष्ट्रिय