STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालाजु माछापाेखरीका अवैध संरचना हटाउँदै महानगर

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २७, सोमबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् । महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ ।

त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ । माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली गराउने महानगर प्रहरीले जनाएको छ ।

यसअघि सुरुमा सुनधारास्थित काठमाडौं मल र सो क्षेत्रका अवैध संरचना तथा व्यवसाय हटाएको महानगरले न्युरोड, असन, बानेश्वर, बालाजुको नयाँ बसपार्क, कोटेश्वर, गौशाला लगायत क्षेत्रमा अवैध संरचना हटाइसकेको छ ।

Categorized in उपत्यका