बालुवाटार धर्नाबाट ‘इनफ इज इनफ’ अभियन्ताहरु पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार
काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन उनीहरु बालुवाटार पुगेका थिए ।
प्रहरीले ५२ जना अभियन्ताहरु पक्राउ गरेकाे जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेत्रृ रञ्जु दर्शनासहित ‘इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउन पुगेका युथ कंग्रेस नेपालका नेता कार्यकर्ता समेत रहेका छन् ।
Categorized in राजनीति