STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनको १२८७७ मत आउँदा स्थापितकाे ६८७८ र सिर्जनाकाे ६१०१ मत

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३, मंगलबार

 

काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १२८७७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६८७८, नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ६१०१, मदनदास श्रेष्ठ (राप्रपा) ले ८०९, सुमन सायमी (स्वतन्त्र) ले ६६७, समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी) ले ८८ मत पाएकी छन् ।

उप–मेयरतर्फ सुनिता डंगोलको अग्रता कायम रहेको छ । उनले १२१५७ मत पाउँदा उनका प्रतिपस्पर्धी रामेश्‍वर श्रेष्ठ (एकिकृत समाजवादी) ले ३६१४, बिनिता मगैयाले (राप्रपा) २६२८, कृति कंसाकर (विवेकशील साझा पार्टी) ले ३९६ मत पाएकी छन् ।

Categorized in उपत्यका