STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनलाई भेटेर प्रधानमन्त्री देउवाले भने "तपाईंले चमत्कार गर्नुभयो"

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १९, बिहिबार

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले भेट गरेका छन्।

सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा शाहलाई बधाई दिँदै महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

‘तपाईले चमत्कार गर्नुभयो। म खुशी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ उनले भने, ‘मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ,’ देउवाले भने।

महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको भन्दै देउवाले विकासको काममा सहयोग हुने बताएका थिए।

‘फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ,’ उनले भने।

मेयर शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए।

Categorized in राजनीति