STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनसँग वडाध्यक्षले मागे कार्यपालिका बैठक

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १०, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् ।

१८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् ।

प्रवक्ता समेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् ।

 

यथाशीघ्र कार्यपालिका बैठक बोलाउनु भनि ज्ञापनपत्र बुझाएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए ।

महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । प्रवक्ता मानन्धरका अनुसार प्रमुख प्रशासकीय अधिकृतको विषयमा विशुद्ध छलफल गर्न कार्यपालिका बैठकको माग गरिएको हो ।

“तीन महिनादेखि कार्यपालिका बैठक बसेको छैन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर अस्तव्यस्त बनेको छ । त्यसैले प्रमुख प्रशासकीय अधिकृतको विषयमा विशुद्ध छलफल गर्न कार्यपालिका बैठकको माग गरेका हौँ,” मानन्धरले भने ।

Ktm-patra-2.jpg

Categorized in उपत्यका