STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिश्वास बज्राचार्यको "स्वाँ छुना कल: ज्वना"को भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २६, शुक्रबार

नेपाली र नेपालभाषाको म्युजिक भिडियोको निर्देशकको रुपमा चिनिदै आएका बिश्वास बज्राचार्य अब गीतकार का रुपमा अगाडि आएका छन् । 

उनले रचना गरेको पहिलो नेपालभाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ज्योती म्युजिकको अफिसियल युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको  यो गीत अहिलेको समयमा अतिकै मन पराईएको गीतमा अगाडि बढीरहेको छ भने  यस नेपालभाषाको गीतमा  अमोघवीर बज्राचार्यको स्वर रहेको छ ।

अर्टोम्युज रिकर्डिङ्ग स्टुडियो रिकर्ड गरिएको उक्त गीतको संगीतकार र  संगीत एरेन्जर चर्चित संगीतकार जुगल डंगोल हुन् । यस म्युजिक भिडियोमा नयाँ मोडेल कलाकारका रुपमा देखिएका नलिना शाक्यको अभिनय रहेको छ भने मेल मोडेलमा गायक स्वयं नै  देखिएका छन । सहायक कलाकारहरु रुक्साना महर्जन, अलिशा पाठक र बाल कलाकार राजवी बज्राचार्यले साथ दिएको यस गीतका राजिव बज्राचार्य कोरियोग्राफरको रुपमा मेकअप आर्टिस्ट पुजा शाही रहेको छ भने स्वेता शाक्य ड्रेस स्टाईलिसको रुपमा रहेको छ ।

ज्योती म्युजिकको निर्माणमा बनेको यस म्युजिक भिडियोका क्यामेरामाएन अभिषेक शाक्य र क्यामेरा डाइरेक्सन तथा सम्पादन आकृष्ट शाक्यले गरेका छन् । यस म्युजिक भिडियोमा गायक मंजिल शाक्यले सह-निर्देशक र परिकल्पना एवं निर्देशन  बिश्वास बज्राचार्यको रहेको छ ।

Categorized in साहित्य-कला