STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बीरगंजमा नेपाली चलचित्र स्वर्णिम स्वर्णिम महोत्सव हुने

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ७, बिहिबार

वि।सं।२०२२ असोज १५ मा प्रदर्शित आमा बाट आरम्भ भएको नेपाली चलचित्रको यात्रा ले ५५ वर्ष प्रवेश गरीरहँदा नेपाल चलचित्र निर्माता संघको आयोजनामा एउटा भव्य महोत्सव हुन लागेको छ । सो महोत्सव नेपाली चलचित्र स्वोर्णिम महोत्सव (२०७६ को रुपमा हुने कुराको औपचारीक घोषणा भएको छ। उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पत्रकार संगै चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्का, निर्माता माधव वाग्ले, कलाकार दीपकराज गिरी, सुनिल कटवाल र अन्य थुप्रै संघ संस्थाको पदाधिकारीको उपस्थिति रहेको थियो। कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर २ का जनता संग चलचित्रको आत्मियता बढाउनु यो महोत्सवको मुख्य उधेश्य रहेको निर्माता संघको अध्यक्ष आकाश अधिकारीले बताए। राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र चलचित्र क्षेत्र बिचको दुरी कम गराइ यस चलचित्र उधोग प्रति लगानि आकर्षण गराउनु पनि यसको उदेश्य रहेको उनले बताए। चलचित्रको माध्यबाट पर्यटन प्रवर्धन गर्दै स्वदेशी उत्पादनको प्रवर्धन हुने भएकाले यो महोत्सवको आयोजना गरीएको अधिकारीको भनाई छ।
Categorized in सिनेमा