STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बीस वर्षमुनिका चार सय किशोरी गर्भवति

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् । यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन्”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको आठ महीनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएका छन् ।”साथै चालु आवमा २० वर्ष भन्दामुनिका १७ ले गर्भपतन गराएका छन् । त्यस्तै २० वर्षभन्दामुनिका ११ पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेका बताइएको छ । कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित् उमेर तोकेको छ । तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको यो तथ्याङ्कले देखाएको छ । तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
Categorized in राष्ट्रिय