STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुंगद्यः अर्थात मच्छिन्द्रनाथको रथारोहण १० गते नै हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ८, बिहिबार

विजयरत्न असंबरे


सहकालका प्रतिक स्वरुप प्राचीन कालदेखि आराध्य देवका रुपमा पुजिंदै आएका बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथ जात्राको लागि रथारोहण बेला बेलामा तय हुँदै स्थगित गर्दै आएको र पछिल्लो समयमा श्रावण १० गते तय गरिएको थियो भने त्यो पनि स्थगित गरिएको सुचना जारी भएकोमा अन्ततः साउन १० गते नै गर्ने सम्बन्धित गुथियार र सरोकारवालाहरुले विस्तृत छलफल पश्चात निर्णय गरेको छ । रथारोहणका लागि तयारी रहेको अवस्थामा साउन ७ गते गुथि संस्थानको तर्फबाट हाललाई स्थगित गर्न सूचना जारी गरेको थियो भने त्यसपछि नेवाः समुदायका गुथियारहरुबीच ब्यापक छलफल पछि साउन ८ गते विहिवारको दिनमा जनस्तरवाट सो निर्णय गरेको हो । विहिवार नै रातो मच्छिन्द्रनाथका पान्जुहरुको नेतृत्वमा रातो मच्छिन्द्रनाथका ज्योतिष खलःका प्रतिनिधि, बाराही गुथिका प्रतिनिधि लगायत सरोकारवाला गुथियार र विभिन्न ब्यक्तिहरु जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको थियो । सो क्रममा सिडियोले समुदायको कुरामा आफूले पनि साथ दिने बताएपछि ललितपुर महानगरपालिकाको कार्यालय मा गुथियार र सरोकारवालाहरु पुगेका थिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, ज्यातिष खलकका दैवज्ञ जोतिष कीर्तिमदन जोशी, कपिल गुर्जु, बाराही गुथिका दिल कुमार बाराही लगायतका पाँच दर्जन भन्दा बढि सहभागी भएका थिए । सो क्रममा अब साउन १० गते नै रथारोहण गर्ने एक मतले निर्णय गरेको हो । भोली ९ गतेको दिनमा जात्रा के कसरी गर्ने भन्ने व्यवस्थापनको सवाललाई लिएर जिल्ला प्रशासन कार्यालयमा जानकारी र छलफलमा गर्न सम्बन्धित ब्यक्तिहरु जाने भएका छन् । यस अघि पनि बैशाख १२ गते र असार २४ गते पनि रथारोहणका लागि साइत दिइसकेको अवस्थामा लकडाउनका कारण स्थागित गरेको थियो भने अब आउँदो शनिवार १० गते भने रथारोहण गर्ने निश्चित भएको छ भने यहि आशयको निर्णय गुथि संस्थान ले श्रावण ६ गते पत्र जारी गरेको थियो भने ७ गते फेरी रथारोहण स्थगित गरेको सुचना जारी गरेको थियो ।
Categorized in उपत्यका