STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुटवलमा गोली प्रहार गरी भारतीयको हत्या

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ ।

बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको आज अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी विगत एक दशकदेखि बुटवल मैनाबगरस्थित अटो वर्कसपमा काम गर्दै आएका थिए । आक्रमणकारी समूहको प्रहरीले खोजी गरिरहेको छ ।
Categorized in अपराध-दुर्घटना