STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुढानिलकण्ठ नगरपालिकामा निःशुल्क खाना स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २६, शुक्रबार

विजयरत्न असंबरे


बुढानिलकण्ठ नगरपालिका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयासमा कोरोना कहरले दैनिक खान नपाएका पिडितलाई दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम भोलीदेखि स्थगित गरेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको र सहयोगी साथीहरु कमहुँदै गएकोले हाललाई यो कार्यक्रम स्थगित गरिएको उनले बताए । वैशाख २५ गतेदेखि उनको समूहले नियमित खाना खुवाउँदै आइरहेका थिए । यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका थिए । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियान शुरुमा आफैँले व्यक्तिगत खर्चमा शुरु गरेता पनि पछिल्लो समय अन्य सङ्घ संस्थाहरुको सहकार्य भएको शिवले जनाए । यस महान् कार्यका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउने सबैलार्ई शिवले धन्यवाद दिएका छन् । यो कार्यका लागि उनलाई अर्जुन गिरी, सगुन श्रेष्ठ, टोनी उदास, राजु लामा, सुमन सुनुवार, गणेश ठकुरी, सन्तोष तामाङ, विनोदकुमार दास, अर्जुन लुइटेल, सुमन तमाङ कुमार लामा, सुनु लामा, किरण लामालगायतले सहयोग पुर्‍याएको शिवले जानकारी गराए भने हाललाई यो कार्यक्रम स्थगन भए पनि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शिवको विचार छ । बुढानिलकण्ठ मन्दिर परिसरमा यदि स्थान उपलब्ध भएमा भण्डाराको रुपमा आउँदा दिनमा पनि यसले निरन्तरता पाउनले उनले बताए ।
Categorized in उपत्यका