STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धकालिन कथामा बुद्धावदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर २७, सोमबार

विश्वमा शान्तिदुत मानिएका महामानव   बुद्ध कालिन कथामा अाधारित बुद्धावदान  नामक एक सिरियलको रौतहटमा छयाङ्कन सम्पन्न गरिएको छ । रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो ।

गौतम बुद्ध नेपालमा जन्मिएको भएपनि उनको जीवन मा  आधारित चलचित्र,डकुमेन्ट्री वा सिरीयल अादि नेपालमा खासै निर्माण नभएको देखेर आफ्नो टिमले बुद्धावदान सिरीयल निर्माण गरेको सो सिरियलका लेखक तथा निर्देशक आर्यन नकर्मिले जानकारी दिएका छन् ।

बुद्धकालिन अबस्थामा गौतम बुद्धले आफ्नो उपदेशले ल्याएको परिवर्तनहरुलाई सिरीयलको १३ वटा भागमा समेटिएको कुरा निर्देशक नकर्मीले जानकारी गराएका छन् । उनले सो सिरीयल ६ वटा भाषामा स्वराङ्कन गरिने समेत जानकारी दिएका छन् ।

सो सिरियलमा  कलाकारहरु मानकृष्ण वावा,अस्टमाया महर्जन,सपना शर्मा,प्रकाश श्रेष्ठ,सुरज व्यञ्जनकार,राजी महर्जन,सहना श्रेष्ठ,कैलास बजगाई,सबिना गोपाली लगायतको अभिनय रहेको छ भने क्यामरा तथा सम्पादन सोहन मानन्धरले गरेका छन् ।

यो सिरियल  नाईस टेलिभिजनमा चाँडै नै प्रसारण हुने बताइएको  छ ।

Categorized in सिनेमा