STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धचित्त लुटपाटको क्रममा काभ्रेमा गोली चल्यो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १२, शुक्रबार

काठमाडौँ - काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो । बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’ एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । काभ्रेका डीएसपी कुमार विक्रम थापाले बम राखेर बाटो अवरोध रहेको कारण प्रहरी घटनास्थलमा नपुगेको बताए । उनले भने, ‘अवरोध रहेको बाटो पन्छाउँदै घटनास्थल जाँदैछु । करिब एक घण्टा लाग्छ ।’ मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको प्रहरकिो दावी छ । थप विवरण आउन बाँकी ।
Categorized in अपराध-दुर्घटना