STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धवचन सम्झँदै २५६८औं बुद्धजयन्ती मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १०, बिहिबार

काठमाडौं- शान्तिका अग्रदूतका रूपमा संसारभर परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

दिवसको अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ।

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बुधबार साँझ नै लुम्बिनी आइपुगेका छन्। बुधबार साँझ नै प्रचण्डले बुद्धजयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषले संयुक्त रूपमा आयोजना गरेको फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई सम्बोधनसमेत गरेका थिए।

त्यस्तै दीप प्रज्वलनमा पनि दाहाल सहभागी भएका थिए। वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन्।

सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

यही अवसरमा आज काठमाडौंको बौद्धमा बौद्धमार्गीहरुले बिहानै शान्ति र्‍याली निकालेका छन्। 

महामानव गौतम बुद्धका विभिन्न उपदेशहरु लेखिएको प्लेकार्ड सहित बौद्धमा रहेको स्तुपामा र्‍याली निकालेर उनीहरुले परिक्रमा गरेका छन्।

Categorized in राष्ट्रिय