बुद्ध जयन्तीको साँझ दीप प्रज्वलन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २५, बिहिबार
काठमाडौं– कोरोना भाइरसको संक्रमणको कारण देशभर बुद्धजयन्तीको कुनै औपचारिक कार्यक्रम नभए पनि साँझपख दीप प्रज्वलन गरिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार विश्व शान्तिको कामना गर्दै देशभर सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको स्वास्थ्य लाभ र मृत्युवरण गरेको शान्तिका लागि दीप प्रज्वलन गरेका हुन् ।
सरकारले यस वर्ष वुद्धजयन्तीमा बेलुका ७ बजे दीप बाल्न सबै देशवासीलाई आह्वान गरेको थियो । कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप बाल्न आह्वान गरेको थियो ।
सरकारको आह्वानमा देशका धेरै ठाउँमा घरमा र सार्वजनिक स्थलमा पनि दीप बालिएको छ । काठमाडौं उपत्यकाको स्वयम्भूमा पनि साँझ दीप बालिएको छ ।
Categorized in राष्ट्रिय