STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बौद्धिक चोरी गर्ने सात प्राध्यापक कारबाहीमा

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १६, सोमबार

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले बौद्धिक चोरी गरेको ठहर गर्दै सातजना प्राध्यापकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्ले त्रिविबाट अवकाशप्राप्त प्राध्यापक डा. पर्शुराम मिश्रसहित सात जनालाई दुई वर्षसम्म कक्षा सञ्चालनमा रोक लगाएर कारबाही गरेको हो ।

‘उहाँहरूले प्रकाशित गरेका अनुसन्धान लेखहरूमा अनधिकृत रूपमा साभार गरेको पाइएकाले कारबाही गरिएको हो’, शिक्षाध्यक्ष डा. शिवलाल भुसालले भने, ‘अनुसन्धान लेख भनिएको खराब आचरणले गरिएको पाइयो ।’

यी हुन् कारबाहीमा परेका प्राध्यापकहरुमा हरेराम मिश्र, राेहितकुमार देव, जनक अधिकारी, युवराज साहु, विमलकुमार कण्ठ, कल्पना मिश्र र प्राडा परशुराम मिश्र रहेका छन् । त्रिविले उनीहरूको लेख रचना रद्द गर्ने र २ वर्षसम्म कक्षा सञ्चालनमा रोक लगाउनेनिर्णय गरेको छ ।

Categorized in शिक्षा