भक्तपुरकाे ढलमा खसेकाकाे शव ललितपुरमा भेटियाे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार
काठमाडाैं - भक्तपुरकाे एउटा ढलमा चिप्लिएर खसेका व्यक्तिकाे शव ललितपुरमा भेटिएकाे छ ।
भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत चिप्लिएर ढलभित्र पसेका थिए । ललितपुरमा उनी मृत अवस्थामा फेला परका छन् ।
उनको शव बिहीबार बिहान बिहान साढे १० बजे ललितपुरको बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो। स्थानीयले उनलाई नग्न अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेको थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनको शव अहिले पाटन अस्पतालमा पोष्टमर्टमको लागि पाठाइएको छ। भक्तपुरबाट हराएर शव ललितपुरमा फेला परेको हुँदा त्यहीबाट थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।
Categorized in अपराध-दुर्घटना