भक्तपुरका जनप्रतिनिधिलाई काेराेना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार
एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ ।
उनकाे रिपोर्टमा पोजेटिभ आएपछि उनकाे टोल वरपर सिल गर्ने तयारी भइरहेकाे जनाइकाे छ ।
संक्रमितलाई शुक्रबार राति नै पाटन अस्पताल लगिएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ । उनीहरुको समेत परिक्षण गरिने भएकाे छ ।
शुक्रबार २९ जना जनप्रतिनिधिको रिपोर्ट आएको थियो जसमा २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।
महानगरीय प्रहरी वृत्त जगातीले जनाएअनुसार संक्रमित जनप्रतिनिधिको घर, टोलमा सिल गर्ने तयारी भइरहेको छ।
Categorized in उपत्यका