STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरकै अगुवा सामाजिक संस्था न्ह्यज्या खलःको स्थापना दिवस सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन ७, मंगलबार

भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६४ औंं स्थापना दिवस भव्य रुपमा मनाएको छ । यसै सन्दर्भमा  खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन साहित्यिक र सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै आएको छ । 

कार्यक्रममा साहित्यकार कृष्णमोहन जोशीको ‘मुक्तिको लागि’ नामक कविता संग्रह विमोचन गरिएको छ । शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले साढे दुई दसकदेखि संकलित कविता संग्रहलाई जोशीले खलःको ऐतिहासिक कार्यक्रममार्फत विमोचन गर्नुभएको हो ।

न्ह्यज्या खलः थिमिका परिकल्पनाकार बैकुण्ठ हरि साहु श्रेष्ठ हुन् । जिल्लामा न्ह्यज्या खलः जस्तै विराट नेपालभाषा साहित्य सम्मेलन गुठी तथा नेपालभाषा साहित्य तःमुँज्या पनि सक्रिय छ । त्यस मध्ये न्ह्यज्या खलः भन्दा विराट गुठी केहि दिन र तःमुँज्या १९ वर्ष कान्छो संस्था हो । यी संस्थाहरुले नेपालमा बोलिने मातृभाषा, साहित्यसँग सम्बन्धित यावत पक्षलाई सम्बद्र्धनमा टेवा पुर्याउँदै आएको छ ।

कार्यक्रममा नेपालभाषा एकेडमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार, साहित्यकारहरु डा. योगेन्द्र प्रधान, डा. जगदीश भण्डारी, मातृका पोखरेल, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, शहीद बैकुण्ठ हरि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत थुप्रै साहित्यकार, संगीतकार, पत्रकार तथा स्थानियबासीको सहभागिता थियो । जगत बहादुर श्रेष्ठले सन्चालन गर्नुभएको कार्यक्रम दामोदर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Categorized in राष्ट्रिय