STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा काँग्रेसको अग्रता

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार

क्षेत्र नं १ कमा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ । चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाल मजदूर किसान पार्टी नेमकिपा का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।
Categorized in राष्ट्रिय