भक्तपुरमा दुई साहित्यकार पुरस्कृत
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र २४, आइतबार
भक्तपुर बाट प्रकाशित हुने स्वर्णद्वार (लुँध्वा) साहित्यिक पत्रिकाले दुई जना साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान गरेको छ। भक्तपुरमा सम्पन्न एक कार्यक्रममा हर्ष - कृष्ण स्वर्णद्वार पुरस्कार क्रमशः लघुकथाकार न्हुछेभक्त कवां र सौरभ शाक्यलाई प्रदान गरिएको हो ।
पुरस्कारका दाता समाजसेवी तथा उद्यमी कृष्ण लाल प्रधानका आमाबुवाको नाममा स्थापना गरिएको पुरस्कार स्वरुप नगद ३५ हजार र २५ हजार रुपिंयाको पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार नेपालभाषा एकेडमीका भाइस् चान्सलर डा. पुष्पराज राजकर्णिकारबाट प्रदान गरिएको हो । ३५ वर्षको इतिहास बोकको प्रकाशन संस्था कुत: पिकाक (प्रयास प्रकाशन गृह) ले नेपालभाषा, नेपाली र अंग्रेजी साहित्यको श्रीवृद्धि, प्रवर्द्धन र विकासको क्षेत्रमा योगदान गरेका साहित्यकारहरुलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रममा वक्ताहरूले समाज रुपान्तरण गर्दै आम नागरिकलाई सचेतन बनाउने क्षेत्रमा साहित्यकाे भूमिका महत्त्वपूर्ण रहेकाे विषयमा चर्चा गरिएका थिए । कार्यक्रममा कीर्तिपुरकी नवगायिका रफेला महर्जनले 'छि भाजु झाइला धकाः सुथं न्हाप म्वः न ल्हुया' बाेलकाे नेपालभाषाकाे चर्चित गीतकाे प्रस्तुति दिएकी थिइन् । साहित्यकार विमल ताम्राकारकाे रचनामा मनराजा नकर्मीले संगीत भरेर राेशनी श्रेष्ठले गाउनुभएकाे गीतलाई महर्जनले अाकर्षक ढंगले प्रस्तुति दिएकी थिइन् । प्रा. डा. सर्वज्ञ भक्त मल्लको सभाध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा कुतः का विमल ताम्राकार, विष्णु केशरी ताम्राकार, प्राज्ञ अगिब बनेपाली, समालोचक पूर्ण ताम्राकर, ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक रघुवर भक्त
मानन्धर, आधुनिक कवि योगेन्द्र प्रधान लगायतको विशेष उपस्थिति रहेको थियो ।
समाचार स्रोत - के के मानन्धर
Categorized in साहित्य-कला

