भक्तपुरमा बसभित्रै सामूहिक बलात्कार
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १८, आइतबार
काठमाडौं – भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ ।
भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई शनिबार साँझ ४ देखि ५ बजेसम्म सामूहिक बलात्कार गरेका हुन् ।
रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।
बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् । ‘लठ्याउने औषधी खुवाएर’ आफूमाथि बलात्कार भएको किशोरीले प्रहरीसामु बताएकी छिन् ।
Categorized in अपराध-दुर्घटना

