STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा सप्तर्षि मन्दिरको प्राणप्रतिष्ठा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार

भक्तपुर – हिन्दू महिलाको महान् चाड हरितालिका तीज र ऋषिपञ्चमीका अवसरमा सूर्यविनायक नगरपालिकाको धार्मिकस्थल अनन्तलिंगेश्वर मन्दिर परिसरमा नवनिर्मित सप्तऋषि मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । तीज पर्वमा व्रतालु महिलाले ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजार्चना गर्ने विशेष दिनलाई मध्यनजर गरी अनन्तलिंगेश्वर महादेव मन्दिरको अनन्त कुण्डसँगै नवनिर्मित सप्तऋषि मन्दिरको शनिबार विधिवत् प्राण प्रतिष्ठा गरिएको हो । पूर्वमन्त्री एवं सांसद महेश बस्नेतका पहलमा आएको बजेटले दुई साताभित्र सप्तऋषि मन्दिरको निर्माण गरी उहाँकै उपस्थितिमा मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो । स्थानीयवासी महिलाले सप्तऋषिको मन्दिर नहुँदा पूजा गर्न समस्या परेको बताएपछि भोलि ऋषि पञ्चमीमा महिलालाई सप्तऋषिको पूजा गर्न सहज होस् भनेर छिटो मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गरिएको नेकपा केन्द्रीय सदस्य बस्नेतले बताउनुभयो । धार्मिक महत्व रहेको प्रसिद्ध अनन्तलिंगेश्वर महादेव मन्दिर परिसरमा स्थानीयवासीको मागअनुसार केही दिनअघि अनन्त कुण्ड, मन्दिर जाने फलामे पुल र सिँढीलगायत संरचना निर्माण गरिएको छ । महामारीका रूपमा फैलिदै गएको कोरोना सङ्क्रमण रोक्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण सीमित व्यक्तिको सहभागितामा सामाजिक दूरी कायम राख्दै अनौपचारिक रुपमा मन्दिरको प्राणप्रतिष्ठा गरिएको सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।
Categorized in उपत्यका