STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुर केन्द्रविन्दु भएर भुइँचालो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ८, बिहिबार

काठमाडौं – भक्तपुर केन्द्रविन्दु भएर बिहीबार ३.४ रिक्टरस्केलको भूकम्प गएको छ । बिहान ८ः१४ बजे भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भक्तपुरको अनन्तलिङ्गेश्वर वरपरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि बिहीबारै बिहान २ः४१ को समय दार्चुलाको उकु वरपर केन्द्रविन्दु भएर ३ रिक्टर स्केलको भुइँचालो गएको पनि भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Categorized in राष्ट्रिय