relans
ni new 83
nib 2082 5

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान ले राणा र मैनाली सहितलाई सम्मान गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १४, बिहिबार

काठमाडौं । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले संयुक्त रुपमा  यस वर्ष प्रदान गरिने ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ तथा ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ का सम्मानित संगीतकर्मीको नाम घोषणा गरेकाे छ । 

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय सङ्गीत सम्मान यस वर्ष गायनतर्फ वरिष्ठ गायिका मीरा राणा तथा सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार सीके रसाइलीलाई प्रदान गरिने भएको  छ । सम्मानस्वरूप उहाँहरूलाई दोसल्ला, ताम्रपत्र तथा जनही एक–एक लाख रुपैयाँ प्रदान गरिने छ ।

त्यसैगरी, यस वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ वरिष्ठ कलाकार पवन मैनाली तथा वरिष्ठ सङ्गीतकर्मी दीपक थापालाई प्रदान गरिने भएको छ । उनीहरूलाई ताम्रपत्रसहित जनही ५० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

यस वर्षदेखि उक्त सुस्वास्थ्य कामना सम्मान कार्यक्रमलाई थप विस्तार गर्दै अमेरिकामा सक्रिय सामाजिक तथा सांस्कृतिक संस्था अमर क्षेत्री फाउण्डेशनको समेत सहकार्य रहने भएको छ ।

आयोजक संस्थाहरूका अनुसार यी सम्मानहरूले नेपाली सङ्गीत क्षेत्रका योगदानकर्ताहरूलाई प्रोत्साहन गर्ने तथा कला तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Categorized in साहित्य-कला
ppp 2