भलिबलकी कप्तान शाहीले भनिन्– एकदिन अवश्य सफल हुनेछन्
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २४, बिहिबार
काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरूणा शाहीले काभा नेसन लिग भलिबल, २०२४ को उपाधि जित्न नसकेकोप्रति दु:ख व्यक्त गरेकी छन् ।
बिहीबार राति फेसबुकबाट उनले समर्थकहरूलाई धन्यवाद आफूहरूमाथि भरोसा गरिरहन पनि दिएकी छन् ।
“यहाँहरूकै साथ, सहयोग र मायाको कारण आज हामीले आफूलाई खेलाडीको रूपमा परिचित हुन पाएका छौँ । हामीप्रति आशा र भरोसा राखेर हजारौँ शुल्क तिरेर खेल हेर्न र हामीलाई हौसला प्रदान गर्न कभर्ड हलमा मात्र हैन लाखौँले विभिन्न माध्यमबाट खेल हेरी सिंगो मुलुकले साथ दिँदा पनि तपाईं हामी सबैको साझा सपना पूरा गर्न नसकेकोमा दु:खी छौँ," उनले भनेकी छन् ।
उनले यसरी नै अगाडि बढिरहे एकदिन अवश्य सफल हुने विश्वास व्यक्त गरेकी छन् ।
"के गर्न सकियो के गर्न सकिएन । हामी कहाँ चुक्यौँ यहाँहरू सबैलाई अवगत नै छ । विशेष गरी नेपाल भलिबल संघ साथै सरोकारवाला सबैको भूमिकाप्रति आभार प्रकट गर्दै फेरि पनि यहाँहरूलाई भरोसा गरिरहनुहोस् भन्नुको विकल्पबाहेक हामी माझ के नै रह्यो र !," उनले भनेकी छन् ।
बुधबार त्रिपुरेश्वरमा भएको उपाधि भिडन्तमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो
Categorized in खेलकुद

