STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भलिबल ः नेपालद्वारा किर्गिस्तान पराजित

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २५, सोमबार

बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो । यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० सेटले पराजित गरेको हो । जीतसँगै नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।
Categorized in राष्ट्रिय