STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ, तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १७, आइतबार

काठमाडौं - भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार राज्यस्थित पटना हाजीपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल छन् । त्यस्तै, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७, लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल पक्राउ परेका छन् ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।

८० लाख बढीको क्षति 

शुक्रबार काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना आजै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार राज्यस्थित पटना हाजीपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल छन् । त्यस्तै, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७, लाम्पन्टारकी चित्रमाया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल पक्राउ परेका छन् ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।

Categorized in राष्ट्रिय