STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भानुभक्तको योगदान अतुलनीय ः प्रदेश प्रमुख कुँवर

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आज पोखराको फूलबारीस्थित भानुपार्कमा आयोजित कार्यक्रममा उहाँले नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको चर्चा गर्नुभयो । भाषा र संस्कृति राष्ट्रियताको जगेर्नाका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यिनीहरूको संरक्षणका माध्यमबाट राष्ट्रियतालाई अझै मजबुत बनाउन सकिने विचार व्यक्त गर्नुभयो । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान हामी सबैका लागि प्रेरणादायी छ, उहाँ गण्डकी प्रदेशको मात्र नभई राष्ट्रकै अमूल्य निधि हुनुहुन्छ ।” गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले नेपाललाई नेपाली भनेर चिनाउने प्रमुख माध्यम नै नेपाली भाषा भएको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भानुभक्तको योगदानको कदर गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा भानुभक्तको पूर्ण कदसहितको शालिक र पार्कलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । प्रतिष्ठानका महासचिव अम्बिकाप्रसाद भट्टराईले नेपाली भाषामा रामायणको अनुवादका साथै भानुभक्तले रचना गरेका विभिन्न कृतिका जगमा नेपाली भाषा साहित्य वर्तमान अवस्थासम्म आइपुगेको धारणा राख्नुभयो । कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाले भानुभक्तीय रचना वाचन, प्रतिष्ठानका कोषाध्यक्षले भानुभक्तको सम्झानामा गीत प्रस्तुत गर्नुका साथै भानु मार्ग आमा समूहकी अध्यक्ष मिठु गुरुङले भानुभक्तको योगदानको स्मरण गर्नुभयो । कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश प्रमुख सचिव बस्याल, प्रतिष्ठानका अध्यक्ष सरुभक्त लगायतले भानुभक्तको पूर्ण कदको शालिकमा माल्र्यापण गर्नुभयो ।
Categorized in रोचक