भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार
अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा नै राखेर उपचार गर्दै आएको थियो। पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए। उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको थियो । त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको जनाइएकाे छ ।
गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय


