STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू

Janjati Khabar – एजेन्सी | २०७७ चैत्र २४, मंगलबार

कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ।

दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।

राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ।

मुख्यमन्त्री अरविन्द केजरीवालले गत शुक्रबार कोरोनाको चौंथो लहरबाट जाँदै गरेको तर लकडाउन गर्ने सोच नबनाएको बताएका थिए।

’अहिलेको अवस्थाअनुसार हामी लकडाउन गर्दैनौं। हामी नजिकबाट यो अवस्थालाई नियालिरहेका छौं र त्यस्तो निर्णय जनतासँगको सल्लाह पछिमात्रै गरिनेछ,’ उनले पत्रकारहरूसँग भनेका थिए।

सोमबारमात्रै दिल्लीमा थप ३ हजार ५ सय ४८ कोरोना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो।

Categorized in अन्तर्राष्ट्रिय