भारतमा ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४ सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १९, शनिबार
लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई एक समारोह बीच अवार्ड प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया रेग्मी अवार्ड बिजेता बनेकी छन । रियाले रहरै भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन । अवार्ड हासिल वरेपछि बिजेताहरुले अझै यस छेत्रमा थप लगनशिल हुँदै अगाडी बढने बताए ।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाका अनुसार भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको हो ।
ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ गत बर्ष पनि भारतको नयाँ दिल्लीमा भब्य रुपमा आयोजना गरिएको थियो । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसबर्ष पनि अवार्ड कार्यक्रम भएको हो ।
सो अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको छ भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन । यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।
अवार्डका बिधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायकरगायिका, सर्वोत्कृष्ट मौलिक गीत गायकरगायिका , सर्वोत्कृष्ट गायकरगायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायकरगायिकालगाएत गित संगितको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ ।
भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम सहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
गीत संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्टतम गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरुलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतकै इतिहासमा यो दोस्रो ईन्डो–नेपाल सूजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
नेपाली गीत संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्यले वि।स। २०७० सालमा स्थापना भएको यस सुजन म्यूजिक प्रा।लि। नेपाली गित, संगीतको क्षेत्रमा क्रियाशिल नेपालको सकृय म्युजिक उत्पादक संस्था हो ।
यस्तो खालको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज श्रष्टाहरुलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत संगीतकर्मीहरुको सहकार्यलाई प्रोत्साहन हुने आयोजक कमिटीको अध्यक्ष राना मगरले बताईन् ।
Categorized in साहित्य-कला

