relans
ni new 83
nib 2082 5

भारतमा एकैदिन थपिए ३ लाख ४७ हजार बढी संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ७, शुक्रबार

७ माघ, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा नयाँ संक्रमितको संख्या झण्डै ३० हजारले बढेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ।

यससँगै भारतमा कोरोना सक्रिय संक्रमितको संख्या २० लाख नाघेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

अहिलेसम्म भारतमा नौ हजार ६९२ संक्रमितमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ।

Categorized in अन्तर्राष्ट्रिय
ppp 2