भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २०, मंगलबार
काठमाडौं - भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी यतिबेला काठमाडौंमा रहेका छन् ।
उनी सोमबार अपरान्ह ५ बजे काठमाडाैं आइपुगेका हुन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ ।
उनी बिहीबार पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सरिक हुने कार्यक्रम छ । ५ दिन नेपालमा बिताएर उनी शुक्रबार स्वदेश फर्कनेछन् । हाल उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।
Categorized in राष्ट्रिय

