STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय विदेशमन्त्रीले फेरि गरे दावी – बुद्ध भारतमै जन्मिएका हुन्

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामकाे जन्म नेपाल नै ठोकुवा गरिरहेकाे समय भारतीय विदेशमन्त्रीले फेरि गाैतम बुद्ध भारतमा जन्मिएकाे दाबी गरेका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै जय शंकरले यस्तो बताएका हुन् । ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो । हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ’ जयशंकरले बताए । भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो ।
Categorized in राजनीति