भारतीय विदेश सचिवद्वारा नेपालभाषा परिषद्को भवन उद्घाटन
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २७, आइतबार
काठमाडौं - दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौंस्थित नेपालभाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र भारतीय विदेश सचिव मिश्रीले आइतबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।
भारतले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत नेपालभाषा परिषद्को नयाँ भवन निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय विदेश सचिव मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् । उनी मंगलबार स्वदेश फर्कनेछन् ।
Categorized in उपत्यका

