STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय विदेश सचिव नेपाल आउने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी यही मंसिर दोस्रो सातासम्म नेपाल आउने भएका हुन् । 

सीमा विवादका कारण नेपालसँगको सम्बन्धमा चिसोपन आएपछि भारत सरकारले विदेश सचिव श्रृंगलालाई नेपाल पठाउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । 

एक दिनअघि मात्र भारतीय सेनाध्यक्ष मुकुन्द नरबाणेको तीन दिने भ्रमण सकाएर स्वेदश फर्किएका थिए ।

साथै,  कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए ।

Categorized in राजनीति