STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १९, बुधबार

काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन्। नरवणे आज बिहान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली सेनाले जनाएको छ।

उनी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेका छन्। नरवणेलाई भोलि अपराह्न सेनाको मानार्थ महारथी दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ।

नरवणेले भोलि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन्। त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्। दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।

उनको सम्मानमा भोलि नै जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेले शुक्रबार पर्सि औपचारिक भेट गर्नुेछन्।

नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्सामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उनको नेपालमा हुने भेटघाट महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Categorized in राष्ट्रिय