STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय स्थलसेनाध्यक्ष वसन्तपुर र पशुपतिक्षेत्रमा

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २०, बिहिबार

काठमाडौं - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले बुधबार वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी धर्मपत्नी विना पनि छिन् ।

उनले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेकाे सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । 

भारतीय सेनाध्यक्ष नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरे ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।

Categorized in राजनीति